May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या

नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ ।

बुधवार बिहानैदेखि काठमाडौँसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टेलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

Advertisement