May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

बैंकहरु द्वारा निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक, कुन बैंकको कति पुग्यो ?

बैंकहरुले निक्षेप तथा कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् ।

Advertisement

अधिकांश बैंकहरुले ब्याजदर बढाएका छन् । बैंक तथा वित्तीय संस्थाहरुमा केही समयअघिसम्म पर्याप्त लगानी योग्य रकम (तरलता) रहेको थियो । कोरोना संक्रमणको जोखिम कम हुँदै गएसँगै बैंकहरुमा तरलता घट्दै गएको छ । भोलि असोज १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा दोहोरो अंक (१० प्रतिशतसम्म)को ब्याजदर घोषणा गरेका छन्।

बैङ्कहरूले निक्षेपकर्ता आकर्षित गने गरी धमाधम निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् । बिहीबार मात्र २५ वटा वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । सरकारी दुईवटा बैङ्कहरू राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कसँगै अन्य २३ वटा वाणिज्य बैङ्कहरूले निक्षेपमा नयाँ ब्याजदर तोकेका हुन् । निक्षेपमा सबैभन्दा बढी ब्याजदर सनराइज बैंकले दिने भएको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेपमा १० दशमलव ०७ प्रतिशत दिनेछ ।

धेरै ब्याजदर दिनेमा प्राइम कमर्सियल बैंक दोस्रो र मेगा बैंक तेस्रो नम्बरमा देखिएको छ ।नबिल बैंकले मुद्दति निक्षेपमा ९.२६ प्रतिशतसम्म ब्याजदर दिने बताएको छ ।
यो बैंकले साधारण निक्षेपमा ४.२६ देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको छ । मुद्दति निक्षेपमा भने बैंकले ६.५१ प्रतिशतदेखि ९.२६ प्रतिशतसम्म दिने बताएको छ । कर्जाको ब्याजदर भने बेस रेटमा १.५ देखि ६ प्रतिशतसम्म पि्रमियम थपेर ब्याज लिने उल्लेख गरेको छ ।

नबिलको बैंकको बेस रेट साउन मसान्तसम्म ५.५२ प्रतिशत रहेको छ ।

निक्षेपमा कसको कति ? 

क्र.सं बैंक उच्चतम् ब्याजदर (प्रतिशत)
सनराइज                   १०.०७
प्राइम                      ९.७५
मेगा                       ९.५५
एनएमबि                      ९.५२
सानिमा                       ९.५१
ग्लोबल आएमइ                       ९.५०
एनसीसी                       ९.२६
नबिल                      ९.२६
सेन्चुरी                       ९.२५
१० सिभिल                       ९.२५
११ सिद्धार्थ                       ९.०५
१२ हिमालयन                      ९.००
१३ नेपाल इन्भेस्टमेन्ट                      ९.००
१४ लक्ष्मी                    ९.००
१५ बीओके                       ८.७७
१६ नेपाल बंगलादेश                       ८.७६
१७ माच्छापुछ्रे                      ८.७५
१८ एनआसी एसिया                       ८.६०
१९ एसबीआइ                       ८.५५
२० एभरेस्ट                       ८.५०
२१ प्रभु                      ८.२५
२२ कुमारी                       ८.१५
२३ राष्ट्रिय वाणिज्य                       ८.०६
२४ नेपाल बैंक लिमिटेड                       ८.०५
२५ सिटिजन                        ८.००
२६ एडीबीएल                      ८.००
२७ स्टान्डर्ड चार्टर्ड                       ७.५०