May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

नबिल बैंक र औषधि व्यवसायी संघ काठमाडौंबीच सम्झौता, वित्तीय पहुँच बढाउन सहयोग गर्ने

काठमाडौं । नबिल बैंक र नेपाल औषधि व्यावसायी संघ, काठमाडौंबीच बैंकिङ सेवा दिने बारे सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरजकुमार बस्नेत (डनिल) र संघका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

कार्यक्रममा बस्नेतले औषधि व्यावसायीको वित्तीय पहुँच बढाउन बैंकले विभिन्न बैंकिङ सेवा दिने बताए । उनले व्यवसायी र बैंकको दिगो विकासलाई ध्यानमा राखेर द्विपक्षीय हितमा काम गर्ने बताए ।

बस्नेतले आपतकालीन सेवामा संलग्न रहेका व्यवसायीसँग आबद्ध हुन पाएकोमा खुशी समेत व्यक्त गरे ।

Advertisement