April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

नेपाल टेलिकमको सञ्चालक समितिमा अम्बिका पौडेल निर्विरोध

काठमाडौं । सर्वसाधारण सेयरधनीको तर्फबाट अम्बिकाप्रसाद पौडैले नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा निर्विरोध चयन भएका छन् ।

Advertisement

१३ चैतमा हुने वार्षिक साधारणसभाले उनको चयनलाई अनुमोदन गर्नेछ । टेलिकममा ८.४८ प्रतिशत सेयर सर्वसाधारणको छ । यसमध्ये ४.५ प्रतिशत कर्मचारी र ३.९८ प्रतिशत सर्वसाधारणको छ । नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर रहेको छ ।

सर्वसाधारणमा गएको सेयरमध्ये पनि साढे ४ प्रतिशत त्यहीँका कर्मचारीको भएका कारण आम सर्वसाधारणबाट सञ्चालक समितिमा जाने कोही थिएनन् । पौडेल पहिलोपटक आमसर्वसाधारणको तर्फबाट सञ्चालक भएका हुन् ।

पौडेल सेयर लगानीकर्ताहरुको संगठन नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष पनि हुन् । उनीसमेत रहेको एक उच्चस्तरीय सरकारी समितिले नेपालको मुद्रा तथा पुँजी बजारको विकास तथा प्रवर्द्धनका लागि के के गर्नु पर्छ भनेर ५८ बुँदे सुझाव दिएको थियो ।

टेलिकमको साधारणसभाले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको ४० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।