May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बैंकर्स संघले भेट्यो राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर

काठमाडौं । बैंकर्स संघका पदाधिकारीहरुले राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नरहरुसँग औपचारिक भेटघाट गरेका छन् ।

Advertisement

अघिल्लो साता सरकारले डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो । उनीहरुले भोलिपल्टै पदबहाली गरेका थिए।

गभर्नर महाप्रसाद अधिकारीले डा. तिम्सिनालाई बैंक तथा वित्तीय संस्था नियमन विभागलगायत दिएका छन् भने मिश्रले बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त संस्था सुपरिवेक्षण विभागको जिम्मेवारी पाएका छन् ।

संघका अध्यक्ष भुवन दहालको नेतृत्वमा गएको टोलीले दुवै डेपुटी गभर्नरलाई शुभकामना दिएको थियो । पहिलो भेटघाट भएका कारण कुनै पनि विषयमा चर्चा नगरिएको सहभागीहरुले बताए ।

डेपुटी गभर्नरद्वयले भने संघसँग नीतिगत तथा अन्य तहमा मिलेर अगाडि बढ्ने प्रतिबद्धता दिएका थिए ।