May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बचतको महत्त्व दर्साउने नबिल बैंकको ३६ वर्षे यात्राको भिडियो

काठमाडौं । निक्षेप खाताका बारेमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले नबिल बैंकले नयाँ भिडियो ल्याएको छ।

Advertisement

बचतको महत्त्व दर्साउने उद्देश्यले बनाइएको सो भिडियोमा नबिल बैंकको ३६ वर्षे यात्रा देखाइएको छ ।

सो भिडियोमा बच्चैदेखि हरेक कुरा बचाउने बानी रहेको एक व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ जसले नबिल बैंकको साथ पाएर बच्चैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लागेको हुन्छ ।

नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार–चढाव हुँदै अहिलेको दिनसम्म आइपुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख–दुःखमा भरपर्दो साथ पाइने सन्देश यस भिडियोमार्फत् दिन खोजिएको छ ।

नबिल बैंकले बितेका दिनहरुमा ल्याएको भिडियोले जस्तै यो भिडियोले पनि सबैको माया र साथ पाउने अपेक्षा गरेको छ।

बैंकको ३६ वर्षको यात्रामा लाखौंको जीवनमा गहिरो प्रभाव पार्दै आएको छ र यो भिडियोले त्यही कुरालाई सरल ढंगमा चरितार्थ गरेको देखाउन खोजिएको छ।