May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

माछापुच्छ्रे बैंकद्वारा दुई रिसोर्टसँग सम्झौता, कार्डबाट भुक्तानी गर्दा १०% छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले पार्क भिलेज रिर्सोट र गोकर्ण फरेस्ट रिर्सोटसँग व्यावसायीक सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले गोकर्ण फरेस्टको खाना, स्पा र पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् । पार्क भिलेजमा भने सबै सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

छुट पाउनका लागि ग्राहकले डेबिट-क्रेडिट कार्ड वा क्यूआर कोडबाट भुक्तानी गर्नुपर्ने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Advertisement