April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

महिन्द्राको गाडी किन्नेलाई माछापुच्छ्रे बैंकले ऋण दिने

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेडबीच व्यावसायीक सम्झौता भएको छ ।

Advertisement

सम्झौता अनुरुप महिन्द्रा गाडी खरिद गर्न आउने ग्राहकलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा दिने भएको छ ।

सम्झौतापत्रमा अग्निका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

बैंकका सबै शाखाबाट महिन्द्रा गाडी किन्दा सहुलियत दरमा कर्जा दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।