April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

चन्दा मागेको समाचार झुटो होः नबिल बैंक

काठमाडौं । नबिल बैंकले सरकार सम्बद्ध व्यक्तिहरुले बैंकसँग चन्दा माग नगरेको बताएको छ ।

Advertisement

विभिन्न अनलाइन मिडियाहरूमा ‘नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागे’ भनेर भ्रामक समाचार प्रकाशित भएको भन्दै सो समाचारमा कुनै सत्यता नभएको प्रष्टोक्ति दिएको हो । बैंकले विज्ञप्ति जारी गर्दै सो समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खण्डन गरेको हो ।

‘यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं,’ बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ, ‘नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं ।’

बैंकले नियामक, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबै निकायहरू प्रति सबैको विश्वासका लागि विज्ञप्ती मार्फत् नै आभारसमेत व्यक्त गरेको छ । नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपालमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो ।