May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

राष्ट्र बैंकले कोषको २५ करोड लगानी गर्ने

पुस १९ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको २ सय ७७ दिने मुद्दतीमा २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम २०७७ फागुन १ गतेदेखि २०७८ भदौ ३१ गते सम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जनाइएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकका मुद्दती निक्षेपमा २० करोड राख्ने भएको छ भने विकास बैंकमा ३ करोड ७५ लाख र वित्त कम्पनीहरूमा १ करोड २५ लाख लगानी गर्ने जनाएको छ । केन्द्रिय बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई पुस २० गते दिउँसो ३ बजेभित्र पेश गर्न आव्हान गरेको जनाइएको छ ।

Advertisement