June 23, 2024, Sunday
१० असार २०८१, आईतवार

प्रचण्ड–नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ।सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादी केन्द्रमा फर्काइदिएपछि खनाल–नेपाल समूह अध्यक्ष केपी ओलीको विरोधमा आन्दोलित छन्।

यसैबीच आजको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाललाई आफूहरू सर्वोच्चको फैसलामाथि पुनरावलोकनमा जानेबारे जानकारी गराएका थिए। जवाफमा नेपालले आफूहरूको समर्थन रहनेबारे अवगत गराउनु भएको थियो । केही दिनअघि माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरेको थियो। छलफलपछि कानुन व्यवसायीले माओवादी केन्द्रलाई मुद्दा पुनरावलोकन गर्न सुझाएका थिए ।

Advertisement