May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

पार्टी एकताका लागि बामदेव गौतम फेरि सक्रिय हुँदै

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् ।

Advertisement

विभाजित बनेको पार्टीलाई पुन एकीकरण गर्ने अभियान चलाएका नेकपा नेता बामदेव गौतम फेरि सक्रिय भएका छन्। बिहीबार एकताका लागि भन्दै नेकपा प्रचण्ड–माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका गौतम शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका हुन।

पार्टी एकताको अभियान नै चलाएका गौतमले निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता नदिएको भन्दै एकता अभियानलाई तीव्रता दिएका हुन्।

प्रधानमन्त्री ओलीसँग पनि गौतमले पार्टी एकताको भूमिका निर्वाह गर्न आग्रह गरेको गौतम निकट स्रोतले जनाएको छ। नेकपा दुई समूहमा विभाजित हुँदा गौतम कुनै पनि समूहका लागेका छैनन्।