सूरक्षा थ्रेट’ आयो भन्दै विजय थापाले सारे अनशनको कार्यक्रम, दुर्गा प्रसाईलाई प्रहरी सम्पर्कमा आउन आग्रह

Advertisement

काठमाडौं, २२ माघ । शिक्षा तथा स्वास्थ्य अभियन्ता विजय थापाले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई उन्मुक्ति दिन खोजिएको भन्दै आफू त्यसको विरुद्धमा आमरण अनशन बस्ने चेतावनी दिएका छन् । गिरीले बि. एण्ड.सी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईसँग २० करोड घुस मागेको काण्ड बाहिर आईसक्दापनि सरकारले उनीमाथि कुनै छानबिन नगरेकोमा थापाको गुनासो छ ।

उनले गिरीविरुद्ध आजकै दिन अर्थात माघ २२ गते अनशन बस्छु भनेर यसअघि रिपोर्टर्स क्ल्ब नेपालमा पत्रकार सम्मेलन गर्दै अनशन बस्ने घोषणा गरेका थिए । उनले आजबाट सुरु गर्ने अनशन आउने फागुन ३ गते बस्नेगरि पर धकलेको जानकारी गराए । घुस काण्डबारे अहिले संसदमा पनि कुरा उठिरहेकोले र आफ्नो आन्दोलनप्रति व्यापक जनसमर्थन जुटाउने उद्देश्यले आफूले आज बस्ने भनिएको अनशनको कार्यक्रमलाई आगामी फागुन ३ गतेलाई सारेको जानकारी दिए ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले आफूमाथि पछिल्लो समय ‘सुरक्षा–थ्रेट’ पनि बढेको सुनाए । उनले भने,‘म माथि सुरक्षा थ्रेट बढेको छ, यसको हामी संगठित रुपमा प्रतिकार गर्ने तयारीमा जुटेका छौं ।’ उनले आयोगका उपाध्यक्ष गिरीले केही भिजिलान्ते र कुण्डले–मुण्डले पालेको भनेर गम्भिर आरोप समेत लगाए । उनले भने,‘हामी पटक पटक आयोगका कार्यालय ज्ञापनपत्र बुझाउनका लागि गयौं । तर, गिरीले गुण्डा र भिजिलान्ते लगाएर हामीलाई कार्यालय जानै दिएनन् ।’ उनले छिट्टै संघर्षका कार्यक्रम पनि तयार गर्नुपर्ने भएकोले आजको अनशनलाई १० दिनपछि धकेलेको स्पष्ट पारे ।

उनले आफूलाई प्रसाईको मान्छे भनेर पनि आरोप लगाउने गरिएकोमा गुनासो पोखे । उनले भने,‘प्रसाईसँग मेरो कुनै व्यक्तिगत चिनजान छैन् । उहाँसँग सम्पर्क पनि छैन् ।’ उनले दुर्गा प्रसाईलाई कानूनी डण्डा देखाएर तर्साउने काम भएको र घुस काण्डमा मुछिएका गिरीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।

उनले भने,‘सम्पूर्ण घट्नामा म संलग्न छु । हिम्मत भए मलाई पक्राउ गरेर देखाउ ।’ उनले प्रहरी प्रशासनले खोजिरहेका दुर्गा प्रसाईलाई पनि सम्पर्कमा आउन आग्रह गरे । ‘यो प्रकरणमा दुवैमाथि छानबिन हुनुपर्छ । हामी दुर्गा प्रसालाई केही पनि हुन दिन्नौं । म यही मञ्चबाट विश्वास दिलाउन चाहन्छु ।’ जायज माग राखेर आन्दोलनका कार्यक्रम अघि बढाउँदा आफूमाथि गुण्डागर्दीको आरोप लगाउने काम भएको पनि उनले गुनासो पोखे ।

उनले भने,‘मलाई कहिले मार्सी चामलको झोले भनिन्छ, मलाई विभिन्न आरोप लाग्दै आएका छन् । कहिले योगेश भट्टराईको गुण्डा भनियो, ती सबै आरोपमा सत्यता छैनन् ।’

उनले आयोगका उपाध्यक्ष गिरीले घुस मागेको कारण आफूहरुले राजीनामा मागेको स्पष्ट पारे । उनले भने,‘यो प्रकरणमा छानबिन होस् । यति छानबिन गर भन्दा उहाँले उल्टै जिल्ला प्रशासन कार्यालयलाई कारबाही गर भनेका छन् । यसका लागि म पछाडि हट्दिन् । म माथि अभद्र मुद्दा लगाउँछु भनिएको छ, लगाए हुन्छ । गिरीलाई भन्न चाहन्छु तपाई पनि कानूनी दायरामा आउनुहोस् ।’

प्रेस बिज्ञप्ती

आदरणीय पत्रकार दाजुभाइ,दिदिबहिनीहरु,

नमस्कार

मिति २०७६/९/२५गते यही हलमा पत्रकार सम्मेलनमार्फत प्रेस बिज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष श्री कृष्ण गिरि उपर सत्यतथ्य छानबिनका लागी सरकार समक्ष अनुरोध गर्दै निसपक्ष सत्यतथ्य छानबिन का लागी श्रीकृष्ण गिरिले तत्काल राजीनामा दिएर नैतिक जिम्मेवारी बहन गर्नुपर्छ भनेरै नै श्रीकृष्ण गिरिलाई नैतिक दबाब सिर्जना गर्न चरणबद्द संघर्षका कार्यक्रमहरु घोषणा गरेका थियौं।म बिजय थापा कै नेतृत्वमा चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष श्रीकृष्ण गिरि लाई सामाजिक बहिष्कार गरौं भन्ने नाराका साथमा शान्तिपूर्ण तवरले धर्ना,बिरोध लगाएतका कार्यक्रमहरु सम्पन्न भैसकेको छ।माघ २२(बाईस) गते सम्मको समय सम्म पनि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले आयोग को उपाध्यक्ष पद बाट राजीनामा नदिए र सरकारले सत्यतथ्य छानबिन गरि कारबाही प्रक्रिया नबढाए चिकित्सा शिक्षा आयोग को गेटमा गएर आमरण अनशन बस्ने हाम्रो पूर्वा्निर्धा्रित कार्यक्रम लाई फागुन ३ गते सम्म को लागी सारिएको जानकारी गराउछौँ।हिजो मात्रै सम्मानित संसद मा चिकित्सा शिक्षा आयोग का उपाध्यक्ष भ्रष्ट अयोग्य श्रीकृष्ण गिरी को योग्यता छानबिन गर्न माग गरिएको छ यो अत्यन्तै स्वागतयोग्य छ।श्रीकृष्ण गिरी विरुद्ध फेरि पनि सामाजिक बहिष्कार को नारा लिएर निरन्तर शान्तिपूर्ण धर्ना,बिरोध का कार्यक्रम यथावत रहने जानकारी गराउछौ।फागुन ३ गतेसम्म अयोग्य श्रीकृष्ण गिरी बिरुद्ध शान्तिपूर्ण धर्ना संघर्ष बिरोध का कार्यक्रम को निरन्तरता सहित हाम्रा मागहरू प्रति ब्यापाक जनसमर्थन जुटाउन सशक्त भएर लागी पर्न सम्पुर्ण साथीहरू मा अनुरोध गर्दछु ।

         विभिन्न चरणको संघर्ष,आमरण अनशन लगाएतका कार्यक्रम मार्फत हामीले  बिगत देखी नै बारम्बार उठाउदै आइरहेको हाम्रा मागहरू आज पनि यथावत रहेका छ्न।हाम्रा निम्न लिखित मागहरूलाई पुरा गर्न संबंधित सरोकारवाला निकाय,सस्था,सरकारले अझै गम्भीरतापूर्वक नलिए त्यस बाट भोलि उत्पन्न हुन सक्ने  गम्भीर परिस्थिति,समस्या,दुर्घटनाको जिम्मेवारी स्वम सरकारले लिनुपर्नेछ।

हाम्रा मागहरू

१.चिकित्सा शिक्षा आयोग को मापदण्ड मिचेर उपाध्यक्ष बनेका भ्रष्ट अयोग्य उपाध्यक्ष श्रीकृष्ण गिरी उपर सत्यतथ्य छानबिन गर्न तत्काल बर्खास्त गरियोस्।

२. भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरिले चिकित्सा बिज्ञान रास्ट्रिय प्रतीष्ठान(न्याम्स) वीर अस्पतालको शिक्षाध्यक्ष रहदा बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले वार्षिक रूपमा न्याम्समा अध्ययनरत विद्यार्थी डाक्टरहरुलाइ(वगलष्यच मयअतयच तचबष्लष्लन) शिर्षकमा दिदै आएको ६० हजार अमेरिकी डलर र(जभबतिज कतबतष्कतष्अक तचबलष्लन)शिर्षकमा प्रदान गर्ने १९ हजार युरो को अनियमितता,भ्रस्टाचार गरेको घटनाको तत्काल छानबिन गरि कारबाही गरियोस्।

३. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट प्रा.डा श्रीकृष्ण गिरि माथी चलाएको मुद्दाको फाइल कहाँ र कस्तो अवस्थामा छ?अख्तियार को मुद्दा खेपिरहेका श्रीकृष्ण गिरि के कसरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष हुन योग्य ठहरिए यसको सत्यतथ्य जस्ताको त्यस्तै सार्बजनिक गरियोस् ।

४. विद्यार्थी माथी आर्थिक शोषण गर्ने सम्पूर्ण निजि मेडिकल कलेजको सम्बोधन खारेज गरि तत्काल सरकारीकरण गरियोस् ।

५. शिक्षा,स्वास्थ्य,रोजगार लाई मौलिक अधिकार का रूपमा सुनिश्चितता गरि प्रत्यक्ष रूपमा अधिकार को उपयोग गर्न सक्ने ग्यारेन्टी को प्रत्याभूति दिलाइयोस।

६. काठमाडौं उपत्यका बाहिर तत्काल मेडिकल कलेज खोल्ने खुलाउने बाताबरणको निर्माण गरि सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरु ले नेपाल मै चिकित्सा शिक्षा अध्ययन गर्न सक्ने बाताबरण को निर्माण गरियोस् ।

७. बाङ्लादेश बाट डाक्टर पढेर फर्कने क्रममा त्रिभुवन बिमानस्थलमा जहाज दुर्घटनामा परेर मृत्यु भएका(१८)अठार जना डाक्टरहरु को परिवारलाई सरकारी तवरबाट क्षतिपूर्तिको ब्यबस्था गरियोस् ।

८. सरकारी तलबभत्ता,सेवासुबिधा लिएर राजनीति गर्ने सरकारी कर्मचारीहरू लाई सरकारी सेवा बाट बर्खास्त गरि कडा भन्दा कडा कारबाही गरियोस् ।

९. प्लस टु माथीको उच्च शिक्षा नेपाल मै अध्ययन गर्ने बाताबरणको ब्यवस्था गरि अध्ययन का नाममा बर्से्नि देश बाहिर बिदेशीने गरेको (७०)सत्तरी अर्ब रुपैयाँ स्वदेशमै रहने बाताबरण को निर्माण गरियोस् ।

१०. नेपाल मा ःम् तथा एन् अबिकक को कोटा न्युनतम(१७००)सत्र सय माथी पुर्याउने ब्यवस्था गरियोस्।

११. श्रम,रोजगार का नाममा खाडी मुलुक बिदेशी भुमिमा आफ्नो रगतपसिना बेच्न बाध्य हाम्रा दाजुभाइ,दिदिबहिनीहरु लाई ससम्मान ढंगले स्वदेशमा फर्काएर नेपालमा नै रोजगार,स्वरोजगार बनि आत्मसम्मान पुर्वक स्वदेशमै आत्मनिर्भर बन्ने बाताबरण को निर्माण गरियोस्।

१२. स्वदेशमै लगानी गरि रोजगारी सिर्जना गरेर यो देशको रास्ट्रिय पुजी निर्माणार्थ सहयोग टेवा पुर्याउन दृढ़संकल्पित उद्योगि,व्यावसायि हरु लाई प्राथमिकता राखेर लगानी गर्ने बाताबरण को निर्माण गरि लगानी सुरक्षित गरिदिने बाताबरण को निर्माण गरियोस् ।

अन्त्यमा यो प्रेस बिज्ञयप्ति जारी गर्न गरिएको यो पत्रकार सम्मेलनमा उपस्थित भइ समाचार संकलन, सम्प्रेषण गर्न सहयोग गर्नुहुने सम्पुर्ण पत्रकार दाजुभाइ,दिदिबहिनीप्रति हृदयबाट नै हार्दिक धन्यवाद प्रकट गर्न चाहान्छौ।

बिजय थापा