भारतमा थप एक जनामा कोरोनाभाइरस देखियो

भारतमा चीनबाट फर्किएका अर्को एकमा पनि सो भाइरसको संक्रमण भेटिएको हो। केही दिन अघि मात्रै केरलामै चीनमा अध्ययन गरेर फर्केकी एक छात्रामा सो भाइरस देखा परेको थियो। अहिले ती संक्रमित बिरामीलाई विषेश निगरानीमा राखिएको छ।

Advertisement

केरलामा पहिलो भाइरस संक्रमित बिरामी फेला परेदेखि १७ सय ९३ जनालाई निगरानी गरिरहेको इण्डिया टुडेले जनाएको छ। यी सबै चीनबाट फर्केका हुन्। ७० जनालाई भने छुट्टै वार्डमा राखेर निगरानी गरिरहेको छ।

भारतको स्वास्थ मन्त्रालयलअनुसार ती बिरामीलाई अलापपुझा मेडिकल कलेजमा राखिएको छ। ती बिरामी गत जनवरी २४ मा भारत फर्केका थिए।

केरलाको सरकारले तीन जनालाई यस भाइरसबारे गलत जानकारी दिएको आरोपमा पक्राउ गरेको छ र आत्तिन पर्ने स्थिति नभएको बताएको छ।

यसअघि चीनको वुहान युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीमा सो भाइरस फेला परेको थियो। चीनमा मात्रै कोरोना भाइरसका कारण ३०० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।