रहेनन राष्ट्रकवि घिमिरे

काठमाडौं, २ भदौ ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँको छोरी डा. किरण रेग्मीले जानकारी दिनुभयो ।

उहाँको स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थो ।

उहाले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख(प्रबन्धजस्ता अनेकौं विधा(उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनुभएको थियो ।नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले ९गीतिनाटक०, हिमालपारि हिमालवारि (गीतिनाटक), उहाले राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) उहाँका चर्चित लेखहरु हुन्

Advertisement