May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

विद्यायलको आन्तरिक मूल्यांकनको आधारमा एसईई को नतिजा

काठमाडौं । सरकारले गत चैत महिनामै हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गरिने भयको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय गर्दै यो वर्षको एसईई परीक्षा नगर्ने निर्णय गरेको हो । सरकारको उक्त निर्णयसँगै विद्यालयहरूले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरुको नम्बर बोर्डमा पठाउने र सोही नम्बरको आधारमा नतिजा सार्वजनिक हुने बताइएको छ ।

Advertisement