सार्वजनिक विदा
काठमाडौं । बागमती प्रदेश सरकारले माघ १० गते पर्ने सोनाम ल्होसारमा सार्वजनिक विदा दिने भएको छ । सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरीक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकटेलले जानकारी दिनुभयो ।
नामाकरण र राजधानीको टुंगो लगाएपछि प्रदेशको पहिलो मन्त्रीपरिषद् बैठकले सार्वजनिक विदा सहित अन्य सात निर्णय गरेको छ ।
बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक वर्ष ०७७/७८ को लागि संघीय बिषेश अनुदान सम्बन्धमा, संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशको नामाकरणा र राजधानीको टुंगो लगाएपछि बागमतीको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।
२०७६ पुस २८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्