May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

घट्यो खेलकुदको बजेट ,युवा तथा खेलकूद मन्त्रालयलाई दुई अर्ब ३६ करोड

काठमाडौं, १५ जेठ । काठमाडौं- सरकारले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड विनियोजन गरेको छ ।

Advertisement

आगामि आर्थिक बर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले युवा परिचालनदेखि खेलकुदका पूर्वाधार निर्माण, नवौं राष्ट्रिय खेलकुद आयोजना, कर्णालीमा खेलकुद पूर्वाधार निर्माण, निर्माणाधिन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानका लागि बजेटको व्यवस्था गरेको बताएका हुन् ।

खेलकूद मन्त्रालयको चालू आर्थिक वर्षको बजेटभन्दा निकै रकम कटौैती भएको छ । चालू आर्थिक बर्षमा रु तीन अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो ।