एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

३ माघ, नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानूनले कुनै पनि एमसीसी परियोजनामा सैन्य संलग्नतालाई निषेधित गरेको छ भनी यो विषयमा अमेरिकाले प्रष्टिकरण दिएको छ।

नेपालमा एमसीसी अमेरिकी सैन्य रणनीति इण्डो प्याफिकको अंग रहेको भन्दै ५५ अर्ब नेपाली रुपैयाँ बराबरको सो अनुदान सहयोग सम्बन्धि सम्झौतामा विरोध भइरहेको छ। खास गरेर सत्तारुढ दल नेकपा भित्र पनि यसको विरोध भइरहेकोछ ।

Advertisement