दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको छ् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार अदालतले प्रसाईलाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।
गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत काठमाडौँमा पनि मानहानीको मुद्दा दायर गरेका छन् । अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगे पनि प्रसाई घरमा नभेटियको प्रहरिले बाटयको छ । । पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए ।

Advertisement