बम विष्फोट गराई , बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा

काठमाडौं। नागार्जुनको नर्सरी चोक मा सोभाकान्त ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको छ।काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार ढकालको घरमा बम राखिएको १० सेकेण्डमै विष्फोट भएको थियो . खुला रहेको ढोकामा राखेर तीन जना व्यक्ति भागेको देखेको प्रत्यक्षदर्शीले बताएका छन बम राखिएको ढोका उछिट्टिएको थियो भने आवाजले झ्याल पनि फुटेको थियो ।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारिएको प्रकरणमा मुछिएका ‘जग्गा दलाल’ सोभाकान्त को घरमा बम विस्फोट गराएको नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको प्रतिबन्धित नेकपाले ललिता निवासको जग्गा कब्जामा लिएको घोषणा गरेको छ।

Advertisement