नेकपा नेता तथा पूर्वगृहमन्त्री रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई कोरोना संक्रमण

काठमाडौं, ३१ बैशाख । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना नेकपा नेता तथा पूर्वगृहमन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान रहेका छन। मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटबासी हुन् । श्रीमती बिरामी भएपछि बिदामा गएका उनी १ महिनापछि फेरि काममा फर्किन लागेका थिए । सशस्त्र प्रहरीको सुरक्षा गणबाट फेरि रावलको सुरक्षामा खटिन लागेका उनलाई कोरोना परीक्षण गरेपछि मात्रै आउन भनिएको थियो ।

सशस्त्र प्रहरीले नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको टिमसँग समन्यवय गरेर संक्रमित ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरिरहेको छ ।ती सुरक्षाकर्मीमा कोरोनाको कुनै पनि लक्षण नभएको बताइएको छ । प्रहरीले अहिले दुवाकोटलाई सिल गरेको छ । मंगलबार संक्रमण पुष्टि भएकामध्ये भक्तपुरमा ती सुरक्षाकर्मी र एक जना नर्समा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।


सुनसरीबाट मोटरसाइकल चढेर आएकी उनी भक्तपुरको नयाँठिमीस्थित साथीको डेरामा बस्दै आएकी थिइन् । उनी भक्तपुरकै एक अस्पतालको कर्मचारी हुन् ।उनलाई मंगलबार नै टेकु अस्पतालमा राखिएको छ ।भक्तपुरकी अर्का एक जना महिला भक्तपुरको सल्लाघारीकी हुन् ।