May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

कर तिर्ने समय एक महिना थप

काठमाडौं– सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले चैत र बैशाख महिनाको कर तिर्ने म्याद एक महिना थपेर जेठ २५ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो ।१६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो । तर, यस अवधिमा पनि लकडाउन खुकुलो हुने अवस्था नआएपछि अर्थ मन्त्रालयको प्रस्तावमा कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरिएको हो

Advertisement