May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

कोरोना महामारीमा, के गर्दैछन बिमा कम्पनीहरु?

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसको असर मानवीय जीवनका साथसाथै समग्र अर्थतन्त्रमा देखिएको छ । यसको असरबाट बिमा क्षेत्र पनि अछुत हुन सकेको छैन । बिमा कम्पनीहरुमा यसको तत्कालीन र दीर्घकालीन दुवै हिसाबले पर्ने देखिन्छ । यस्तो अवस्थामा बिमा कम्पनीहरुले बिमितलाई सजिलो हुने गरी बिमाका योजनाहरु ल्याउनुपर्छ । जस्तो कि सस्तो खालका बिमा योजना, प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । यसभन्दा पनि अझ महत्वपूर्ण पक्ष भनेको अकस्मात आइपरेको कोरोना महामारीका लागि बिमा कम्पनीहरुसँग के छ त योजना ?

अनि, घातक रोगहरुका विरुद्ध भन्दै बिमा कम्पनीहरुले यसअघि विभिन्न पोलिसीहरु बेचेका थिए । के ती पोलिसीहरुमा कोरोना भाइरस जस्ता घातक रोग समावेश छन् त ? यदि साँच्चिकै कुनै बिमितिले घातक रोगको दाबीमा कोरोना भाइरस संक्रमण र यसबाट उत्पन्न भएको जोखिमको दाबी गरेमा बिमा कम्पनीहरुले त्यतिबेला के गर्नेछन् ? यस्तो दाबी भुक्तानी हुन्छ त ? यी गम्भीर प्रश्न अहिले उठिरहेका छन् ।

यसमा नियामक निकायले के गर्दैछ ? यस्ता घातक रोगहरुको जोखिम बहनका लागि पुनर्बिमा गरिएको छ त ? अनि साथमा, कोरोना जस्ता महामारीबाट उत्पन्न हुन सक्ने जोखिम, यसले लाभांश वितरणमा पार्न सक्ने प्रभावका बारेमा पनि हाम्रा कम्पनीहरु कत्तिको तयारी अवस्थामा रहेका छन् भन्ने पनि अहिले सर्वत्र चासोको विषय बनिरहेको छ । यस्तो अवस्थामा नयाँ प्रविधि प्रयोगमा पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ ।  विपतको बेलामा प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सकेको खण्डमा यसको सकारात्मक प्रभाव बिमा व्यवसायमा लामो समयसम्म परिरहन सक्छ । त्यसैले यस्तो अवस्थामा बिमा कम्पनीहरुले आफ्नो जोखिम व्यवस्थापनमा विशेष जोड दिनुपर्छ । साथै, तत्कालीनरुपमा आवश्यक पर्ने नीति तर्जुमाका साथै भविष्यका लागि योजनाहरु तयार गर्न आवश्यक हुन्छ । अहिलेको अवस्थामा बिमा कम्पनीहरुले मुख्यतयः के–कस्ता विषयमा ध्यान दिने ? बुँदाहरु : १. पोर्टफोलियो म्यानेजमेन्ट  अहिलेको अवस्थामा बिमा कम्पनीहरुले आफ्नो पोर्टफोलियो म्यानेजमेन्टमा विशेष जोड दिनुपर्छ । कोरोनाको असर र प्रभावलाई अध्ययन गर्दै पोर्टफोलियो व्यवस्थापनमा जोड दिनुपर्ने हुन्छ । कोरोना असरलई मध्यनजर गर्दै सेवालाई यसैअनुरुप अघि बढाउन सक्नुपर्छ । आफ्नो सेवालाई विस्तार गर्दा पोर्टफोलियोको अध्ययन गर्न पनि उत्तिकै आवश्यक पर्छ ।
 –कोभिड–१९ को प्रभाव कति परेको त्यसको अध्ययन गर्ने । –आफ्ना प्रडक्टहरुहरुको एक्सपोजर कति र कस्तो छ ? त्यसमा ध्यान दिने ।  –कोरोनाका कारण पोर्टफोलियोमा परेको प्रभाव र त्यसले नाफामा कतिसम्म असर गर्छ त्यसको विश्लेषण गर्ने । –भविष्यको व्यवसाय नीति र प्रक्रिया कसरी अघि बढाउने भन्ने अध्ययन गर्ने । 
२. सेवाग्राहीलाई ध्यान दिने   कोरोना भाइरसको असर सबैतिर देखिएको अवस्थामा बिमा कम्पनीहरुले सेवाग्राहीलाई पनि उत्तिकै ध्यान दिन आवश्यक हुन्छ । मुलुक लक डाउनमा रहेको अवस्थामा सेवाग्राहीलाई प्रिमियम तिर्न समय थप गर्नुपर्छ । साथै, बिमित कोरोनाका कारण बिरामी परेमा वा मृत्यु भएमा त्यसका लागि आवश्यक प्याकेज पनि बिमा कम्पनीहरुले ल्याउन आवश्यक हुन्छ । 
 –प्रभावित बिमितहरुलाई प्रिमियम होलिडेको व्यवस्था ।–कम्पनीहरुले गरेको यसअघिको पोलिसी अनुसार कोरोना जस घातक रोगहरु त्यसमा समावेश हुन्छ कि हुँदैन ? यदि बिमितले कोरोनाको पनि दाबी भुक्तानी मागेमा बिमा कम्पनीहरुको त्यसमा नीति र रणनीति के हुने ? दाबी भुक्तानी गर्ने कि नगर्ने ? –अण्डराइटिङको प्रक्रिया र पद्धति के छ ? –कोरोना जस्ता घातक रोगममा पुनर्बिमाको व्यवस्था छ कि छैन ? यस्ता महत्वपूर्ण विषयमा बिमा कम्पनीहरुको ध्यान जान आवश्यक छ ।  ३. जोखिम व्यवस्थापन
 कोरोनाको असरबारे अध्यनन–अनुसन्धान गरेर यसले उत्पन्न गर्ने जोखिमको पहिचान गर्नुपर्छ । यससँगै यसले पार्ने दिर्घकालीन, मध्यकालीन र तत्कालीन असरहरुको वर्गीकरण गरेर जोखिम व्यवस्थापन गर्न सक्नुपर्छ । यसका लागि अहिलेको वास्तविक तथ्यांक अवश्यक हुन्छ । उक्त तथ्यांकहरुलाई बिमा कम्पनीहरुले भ्यालुएटरहरु (एक्चुरी) मार्फत अध्ययन गराई यसले कतिसम्म र कस्तो प्रभाव बिमा कम्पनीहरुमा पर्न सक्छ भन्ने पहिचान गरेर अगाडि बढ्न आवश्यक हुन्छ । जसका कारण बिमा कम्पनीहरुलाई पर्न सक्ने जोखिम व्यवस्थापनमा सहज हुन्छ । साथै, लाभांश वितरणमा कस्तो असर गर्छ भनेर पनि अध्ययन गर्न आवश्यक हुन्छ । 
 –एक्चुरीयल र जोखिम व्यवस्थापन–कोरोना जस्ता घातक रोगमा पुनर्बिमा गर्नका लागि नीति र सम्झौताहरुमा पुनरावलोकन गर्न एक्चुरी भ्यालुएटरहरुको सहयोग लिने । –एक्चुरी भ्यालुएटरहरुले जोखिमको अवस्था, यसको न्यूनीकरणका बारेमा वास्तविक जानकारी गराउन सक्नेछन् । साथै, अल्पकालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने योजना, जोखिम र भ्यालुएसनका विधि र प्रक्रियाहरु बारे सही तथ्यांक आउन सक्नेछ । –लाभांश वा बोनस वितरणमा पर्न सक्ने प्रभाव र यसको नीतिका बारेमा पनि अध्ययन आवश्यक ।   ४. लगानी र दीर्घकालीन ऋणमा ध्यान दिने बिमा कम्पनीहरुले आफ्नो वित्तीय विवरणको सुक्ष्म अध्ययन गरेर लगानीमा प्रतिफल दिने हिसाबले काम गर्नुपर्छ । ऋण र ऋणीहरुको निगरानी गर्दै जोखिम व्यवस्थापन कम गर्नुपर्छ । आगामी ६ महिनादेखि १ वर्षसम्मका लागि तरलता व्यवस्थापनमा जोड दिनुपर्छ । दीर्घकालीन ऋणका बारेमा अध्ययन गरेर यसको अनुपात पहिचान गर्नुपर्छ । 
 –कम्पनीको ब्लालेन्स सिटको अध्ययन ।– लगानी र यसबाट प्राप्त हुन सक्ने मुनाफामा पर्न सक्ने प्रभावको अध्ययन । –सोल्भेन्सी अनुपातमा प्रमुख चुनौतीहरुको पहिचान । –सम्भावित डिफन्टहरुको पहिचान । –क्रेटिड जोखिमको निरीक्षण र मापन । –पुनर्बिमा रिकभरीमा जोखिमको अवस्था अध्ययन ।  ५.बिमा व्यवसायलाई कसरी निरन्तरता दिने भनेर योजना बनाउने संकटको घडीमा बिमा व्यवसायलाई कसरी निरन्तरता दिने ठोस योजना र कार्यनीति बनाउन आवश्यक हुन्छ । यसका लागि व्यापार व्यवसाय विस्तारका क्षेत्रहरुको सही पहिचान गर्न आवश्यक छ ।  ६. प्रविधिमा जोड 
 अगामी दिनमा व्यवसायलाई प्रभावकारी रुपमा अघि बढाउन अत्याधुनिक प्रविधि विस्तारमा जोड दिन आवश्यक छ । यसका लागि बिमा कम्पनीहरुले नयाँ प्रविधिको क्षमता विस्तार गर्न सक्नुपर्छ ।  (एक्चुरीयल सोसाइटी अफ नेपालको अध्ययनमा आधारित)

Advertisement