” सोच र दृष्टि बदलौं “

यमन घर्ती मगर

Advertisement

🙏 गाउँघरमा हाेस वा शहरमा अाफ्नै काममा वयस्त हुने सर्बसाधाणहरुले एफएम रेडियोले काेराेना काेराेना भनेकाे मात्रै सुनेका हाेलान । के हाे काेराेना बुझेनन् वा बुझ्ने समय छैन उनिहरुलाई ? दाउरा घाँस,खेतिकिसानि गर्दै फुर्सद छैन । सामाजिक सञ्जालमा जाेडिएका सबैले पनि बुझेका छैनन् के हाे काेराेना भन्ने खालि काेराेना सरुवा राेग भएको काेराेना फैलेकाे काेराेनाले मृत्युु भएको मात्रै समाचार हेरियो भिडियो हेरियो भयभीत र त्रसित भैयाे। हिन्दी गित ” देखने वालाे ने क्या क्या नहि देखा होगा ” भनेझैं अनुभवीहरुले, राजनीतिज्ञहरुले , दुरद्रष्ताहरुले , बैज्ञानिकहरुले , पत्रकारहरुले , व्यापारी हरु ले अाअाफ्नै तरिकाले काेराेना भित्र अनेक चिज देखे । काेराेना भाइस भित्र भयंकर युद्ध देखे , काेराेना भित्र भयंकर राजनिती देखे , काेराेना भित्र राष्ट्रियता देखे , काेराेना भित्र मानवता हराएको देखे , काेराेना भित्र राष्ट्रको सिमाना देखे अाफ्नाे नागरिक र पराई नागरिक बिचकाे फरक देखे , मालिक र कामदार बिचकाे फरक देखे , धन र राेग बिचकाे फरक देखे , नाफा र व्यापार देखे , चल्तीको समाचार देखे , भाेक देखे मृत्यु देखे मरेकाे लास पनि नछाेएकाे देखे। सायद परदेशमा पसिना बगाउने नेपाली दाजुभाइहरुले पनि ठुप्रै चिजहरु देख्नुभयाे हाेला । तपाई हामिले पढेका छाै सुनेका छाै भिडियो हेरेका छाै कति साथिहरुले त काेराेनाकाे अनुभव पनि गर्नु भयाे हाेला ।

हामी हरुले अब बिदेश बिदेश भन्न छाेडाै काेराेनाले अबस्य पनि बैदेशिक राेजगारकाे सिलसिलामा प्रवासमा रहेका नेपालीहरु लाई राम्रोसँग पाठ सिकाएको हुनुपर्छ। अाफ्नाे देश र पराई देश बिचकाे फरक । मालिक र कामदार बिचकाे फरक , म्यानेजर र साधारण लेबर बिचकाे फरक । अाफ्नाे देश भनेकाे अाफ्नाे देश हाे जहाँ रोजगार नभए पनि जंगलमा कन्दमुल , काफल खाेज्दै हिडे पनि भाे , खाेलामा माछा मार्न गए पनि भाे । तर पराइ देश पराई नै हाे जहाँ तपाईंको हातको पाखुरा चलुञ्जेल तपाईले पैसा तलब पाउनुहुन्छ । जब तपाई कुनै राेगले थला पर्नुहुन्छ तलब त के साथी भाइ हरु ले पनि हेर्दैनन् कम्पनीले पनि हेर्दैनन । हामीले धेरै समाचार पढियाे देखियो बिदेशमा बिचल्ली मा परेकाे , याैन शाेषण भएकाे , श्रम शाेषण भएको ती सबै घट्नाले हामी सबैलाई छाेएन छाेयाे त केबल जस्ले भाेग्याे उसैलाई छाेयाे हामिले बस सके २/४ पैसा दिएर सहयोग गरियो ।

तर काेराेना भाइरस द्वार उत्पत्ति भएको समस्याले सम्पूर्ण बैदेशिक राेजगारिमा रहेका नेपालीहरु लाई छाेएकाेछ भन्दा फरक नपर्ला त्यसैले हामी सबैले अब बिदेश हैन स्वदेशमै केही गर्नुपर्छ कृषि/व्यापार/पशुपालन/जागिर /जे गर्न सकिन्छ नेपाल मै गर्नुपर्छ । हङकङकाे साडी , सिङ्गापुरे लुङ्गि , वनारसि साडी , चाइनिज फाटेको जिन्स र आयातित सर्ट पाइन्ट हैन अाफ्नै देशकाे ढाकाकाे साडी चाेलि , सर्ट पाइन्ट लाउनुस । बिदेशमा पैसा रुखमा फल्छ जसरि कथा नबनाउनुस यहाकाे यथार्थ भन्नुस अाफ्नालाई । बिदेशि ब्रान्डका कपडा जुत्ता हैन अाफ्नाे देशमा जे उत्पादन हुन्छ त्यहि प्रयोग गराै । कमसेकम हाम्रो पुस्ताले दुख गर्याे भने अाउने पुस्ताले अवस्य पनि अाफ्नै देशमा सुखकाे जिन्दगी जिउनेछ । बिदेश बिदेश भन्न छाेडाै सानाे ठुलाे जे सकिन्छ स्वदेश मै गराै साेच बदलाैं !!!


हाल : अल ऐन , युएई ।