May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

” अरपेको मनोदशा “

यमन घर्ती मगर / युएई

Advertisement

निदाउन खाेज्छु अहँ पटक्कै निन्द्रा लाग्दैन । अाँखा चिम्लन्छु मन भरि कुरा खेल्छ। धत्तेरि कस्तो बेलाँ बिदेश अाएछु यार। बुढिले पनि बिदेश नजानुस बुढा यहीँ दश नंग्रा खियाएर गरि खाउँला पनि भनिन भनाेस पनि कसरी ??गाउँका सप्पै अरबाँ छन् अरपेका बुढिहरु चिरिच्याट्ट परेर सेल्फि खिच्दै हिडेकाे देखेकि छे । बिचरिकाे मनमा पनि कति रहर हरु हाेला ! बाबा अामाले नजा बाबू बिदेश भन्ने कुरै भएन । सबैका छाेराले भरिया लार गाउँ अाकाे देख्नुभाछ ।

अाफ्नाे पनि त्यस्तै गरि आओस् भन्ने रहर हाेला हे बरै । के गर्नु साहुले पनि स्वदेशमै केही गर्छु भन्दा सुकाे पत्याउदैन बिदेश जान्छु भनेसि झ्याप्पै ऋण दिइहाल्ने । बल्लतल्ल भिषा लागेर सय कडा पाँचकाे दरले साहुलाई भाकामा सावा ब्याज तिर्ने गरि तमसुक बनाएर पैसा लिएर बिदेश आएको । काम त ठिकै थियोे जेनतेन १ बर्षमा साहुलाई ऋण तिर्छु र बाँकी कमाइले जिन्दगी अलिक राम्रो सँग चलाउछु जस्तो लागेकाे थियोे याे काेराेनाले गर्नु गर्याे । दिनदिनै मान्छे मरेकाे समाचार अाउँछ दिन दुगुणा रात चाैगुणाले काेराेना फैलिइरहेको समाचार मात्रै अाउँछ ज्यानै बचाउन पाे मुस्किल हाेला झैं लाग्न थाल्याे।

अस्ति तरकारी किन्न पसलमा गाकाे ठुलाे भिड थियो न कसैलाई पाे थियाे कि राेग राेगि जस्तो त कसैलाई देखिन। याे काेराेनाले जिन्दगी चाैपट हुने भाे ! मृत्युको अगाडि बुढिकाे सपना , अामाबाबाकाे सपना मेराे अाफ्नै बालबच्चा राम्रो स्कुलमा पढाएर ठुलाे मान्छे बनाउने सपना साहुकाे ऋण तिर्ने सपनाहरू सबै फिका लाग्छ उफ.. ..माेबाइल हेरे बिहानकाे २ बजिसकेछ काेल्टेबफर्कन्छु अहँ पटक्कै निद्रा अाउदैन अाँखा चिम्लन्छु फेरि कुरा खेल्छ मनमा म मात्रै कहाँ हाेर लाखौं नेपाली अरबाँ छन् उनिहरुका पनि मेरा जस्तै सपनाहरू हाेलान ! कसैकाे बिहे गर्ने सपना हाेलान , कसैले बालबच्चा पढाउदै हाेलान , कसैकाे घडेरीकाे बैनापट्टा भा हाेलान , कसैकाे घर ढलान गर्न बाँकि हाेलान , तर मलाई मेरै समस्या ठुलाे ला छ । काेराेनाले काममा नगएकाे पनि हप्ता दिन भैसक्याे खाना खानकाे लागि राखेकाे पैसा पनि सकिन अाट्याे ।

काम नलगाई राखेर पैसा पनि दिन्छ कि नाई भाेलि यो काेराेना सकिएपछि कम्पनी पहिले जस्तै चल्ने हाे कि हाेइन उफ….सम्झिदा पनि साह्रै पिर लाउच यार । उता नेपालमा पनि महामारी भित्रीयाे भन्ने समाचार सुन्छु । त्याे मेराे परिवार अाफन्तहरु , गाउँले दाजुभाइ सबैजना अाखामा अाउछ निद्रा हराउँछ याे काेराेनाकाे भाइरस हावाकाे माध्यमबाट राेग लागेकाे ब्यक्तिले सास फेर्दा , हात मिलाउदा , हाछ्युँ गर्दा एउटा मान्छेबाट अर्कोमा मान्छेमा सर्छ भन्ने सुनेकाेछु अाे हाे मेराे गाउमा केटाकेटी सबै एकै ठाउँमा खेल्छन् ️😶संझिदा मात्रै पनि मन तेसै तेसै गह्रौं भएर अाउँछ त्यस्ताे केही नहाेस हे भगवान भनेर भगवान लाई पुकार्छु । 🙏🙏 माेबाइलमा समय हेरे बिहानकाे ४ :० बजि सकेछ जबर्जस्ती निदाउने काेशिस गरे अहँ निद्रा लागेन ।