अमेरिका गर्यो कोरोना प्रकोपविरुद्ध २ खर्ब बराबरको राहत प्याकेज घोषणा

काठमाडौं : अमेरिकाले कोरोना प्रकोपविरुद्ध २ खर्ब बराबरको राहत प्याकेज घोषणा गरेको छ । यो राहत प्याकेज इतिहासकै सर्वाधिक ठूलो रकम भएको त्यहाँका सञ्चार माध्यमहरुले लेखेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उत्पन्न आर्थिक संकट लाई निस्तेज पार्न ल्याइएको प्रस्ताविक विधेयक, कंग्रेसबाट पारित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसमा हस्ताक्षर गरेका छन् ।

कंग्रेसमा विधेयकलाई अनुमोदन गर्ने क्रममा रिपब्लिकन र डेमोक्रयाट्कि दुवै दल एकमत भएका थिए । विधेयकमाथि केही दिनको विवादपछि गत बुधबार कंग्रेसको माथिल्लो सदन सिनेटले सर्वसम्मतले पास गरेको थियो । ८ सय ८० पेजको सो विधेयकलाई शुक्रबार कंग्रेसको तल्लो सदन हाउसले पनि अनुमोदन गरेको हो ।

Advertisement