घट्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य

पेट्राेलियम पदार्थकाे मूल्य घटेकाे छ। नेपाल आयल निगमका अनुसार साेमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेल डिजल र मट्टितेलकाे मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटेकाे छ।

Advertisement

यस्तै हवाई इन्धनमा ४ रुपैयाँ ५० पैसा मूल्य घटेकाे छ। तर खाना पकाउने ग्यासकाे मूल्य भने यथावत राखिएकाे छ।

नयाँ मूल्य अनुसार पेट्राेलकाे मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ डिजल र मट्टितेलकाे ९५ रुपैयाँ तथा हवाई इन्धनकाे ९० रुपैयाँ कायम गरिएकाे छ।

अन्तर्राष्ट्रिय बजार मूल्यमा गिरावट आएको भन्दै नेपाल आयल निगमले नेपालमा पनि मूल्य घटाएको हो।