May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

काठमाडौंबाट कालाबजारियाले लुकाएर राखेको १० लाख थान बढी मास्क बरामद

काठमाडौं। कोरोना भाइरसको संक्रमण फैलिरहेका बेला कालाबजारियाले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ। चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क तथा सेनिटाइजर (हात सफा गर्न प्रयोग हुने पदार्थ)को कालोबजारी गर्नेविरुद्ध अपरेशन शुरु गरेको छ ।प्रहरीले शनिबारदेखि शुरु गरेको अभियानअन्तर्गत आइतबार साँझसम्म गरी १० लाख थानभन्दा बढी मास्क बरामद भइसकेको छ ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार आइतबार कपनको एउटा गोदाममा छापा हान्दा १ लाख ६८ हजार मास्क बरामद भएको थियो । प्रहरीले कपनमा छापा हान्ने क्रममा मास्क कालोबजारी गर्ने कार्यमा संलग्न भारतीय नागरिकहरु सुरजकुमार गोयल र सुवास महेश्वरीलाई पक्राउ गरेको छ ।

शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको छ।बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। प्रहरीले बोरा र डब्बा संख्याका आधारमा निकालेको प्रारम्भिक हिसाब अनुसार आठ लाख ४० हजार मास्क बरामद भएको छ। प्रहरीले आइतबार कपन र शनिवार डल्लुबाट कालोबजारीका लागि लुकाइएका मास्कसहित ११ जनालाई पक्राउ गरिसकेको छ।

Advertisement