पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स

पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समयदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेपछि दुबै डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । अब यसबारे उषा आफैंले मुख खोलेकी छिन् ।उषाले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत् यसबारे जानकारी दिएकी छिन् ।उषाले आफ्नो फेसबुक मार्फत् यसबारे जानकारी दिँदै भनेकी छिन् , ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक या’तना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन ।अब म भन्छु ‘नो’ ।’ गएराती लेखिएको स्टाटसमा उषाले अगाडी थप्छिन् ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ ।

Advertisement

यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि गएराती उषाले लेखेको स्टाटस सहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन् । जहाँ एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएको देख्न सकिन्छ ।ल’ड्नेछु ।’ जीपी र उषाको यसअघि पनि डिर्भोसको हल्ला बजारमा चलेको भएता पनि दुवैले वास्तविकता त्यो नभएको दाबी गर्दै आएका थिए ।गएराती उषाले लेखेको स्टाटस सहित दुई वटा भिडियो क्लिप पनि अपलोड गरेकी छिन् । जहाँ एउटा क्लिपमा उनी बोल्दाबोल्दै भक्कानियर रोएको देख्न सकिन्छ ।

उषाको पति जीपी तिमिल्सिनासँग विवाद बढेपछि सम्बन्ध बिच्छेद गर्ने टुंगो लागेको हो । उनीहरुबीच सम्पत्ति बाँडफाँडको टुंगो लाग्न मात्र बाँकी छ ।छोराछोरीसहित सम्पत्ति बाँडफाँडको विषय नमिलेको हो । कुरा मिलेपछि कानुनी रुपमै सम्बन्ध विच्छेदले अन्तिम रुप लिनेछ । दुवै अलग भइसकेका छन् ।

एक छोरा र एक छोरीका आमा उषाले १७ वर्ष लामो वैवाहिक जीवन अन्त गर्ने निर्णय गरेकी हुन् । पतिसँग विवादपछि उनले जीपीसँगको कुनै तस्बिर बाहिर ल्याएकी छैनन् । विगतमा जीवीसँग उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिरहन्थिइन् ।उषा र जीपीले अन्तरजातीय विवाह गरेका हुन् । विवाहका लागि दुवैले ठूलो संघर्ष गरेका थिए । यो जोडी निकै चर्चित र रोलमोडल थियो । जीवी पनि टेलिभिजन प्रस्तोता हुन् । दुवै सेलिब्रेटीले प्रेमविवाह गरेका थिए ।