विश्वका केही देश का उपनाम हरु

काठमाडौं । सेतो हात्तीको देश थाइल्याण्ड हो । नाइलको उपहार इजिप्ट हो । कुनै पनि युद्धमा भाग नलिएको देश स्विटजरल्याण्ड हो । राष्ट्रिय गान नभएको देश स्विटजरल्याण्ड हो । फागु खेलेर नयाँ वर्षमनाउने देश लाओस हो । विवाहको लागि ऋण प्रदान गर्ने देश साउदी अरब हो । सबैभन्दा कठोर कानून भएको देश साउदी अरब हो ।लामखुट्टे नपाइने देश फ्रान्स हो । इजिप्टको कायरो शहरलाई कहिल्यै नसुत्ने शहर भनेर चिनिन्छ ।

Advertisement

जापानलाई भूकम्पको देश भनेर चिनिन्छ । सूर्य उदायको देश जापान हो। पूर्वको ग्रेट ब्रिटेन भनेर जापानलाई चिनिन्छ। हजारौं हात्तीको देश लाओस हो। नेदरल्याण्डलाई पुड्काको देश भनेर चिनिन्छ। मध्यरातमा सूर्य देखिने देश नर्वे हो।रङ्गिन कपास उब्जाउने देश रसिया हो । जोगीको राज्य भनेर कोरियालाई चिनिन्छ। भूमध्य सागको साँचो भनेर जिव्राल्टरलाई चिनिन्छ । सधै वशन्त ऋतु हुने शहर क्योटो हो । भारतको बगैंचा भनेर बंगलोरलाई चिनिन्छ । मोटर कारको शहर भनेर अमेरिकाको डेट्रायट शहरलाई चिनिन्छ । बजारको शहर भनेर इजिप्टको कायरोलाई चिनिन्छ ।

मन्दिरै मन्दिरको शहर भनेर काठमाडौंलाई चिनिन्छ । चट्याङको देश उपनामले भुटानलाई चिनिन्छ ।सूयास्तको देश भनेर ग्रेट ब्रिटेनलाई चिनिन्छ। हजारौं तालको देश भनेर फिनल्याण्डलाई चिनिन्छ। सुनौलो ऊनको देश भनेर अष्ट्रेलियालाई चिनिन्छ । अध्याँरोको उपनाम पाउने महादेश अफ्रिका हो । पेपर टाइगर भनेर भारतलाई बुझिन्छ। पवित्र भूमि भनेर जेरुसेलमलाई चिनिन्छ। युरोपको खेल मैदान भनेर स्विट्जरल्याण्डलाई चिनिन्छ। अल्जियर्सलाई चाँदीको शहर भनेर चिनिन्छ। चिनीको भाँडो भनेर क्युवालाई चिनिन्छ।भारतको मुम्बईलाई सपनाको शहर भन्ने गरिन्छ ।

जेरुसेलमको ववेडमण्डललाई आँसुको ढोका भनेर चिनिन्छ । पृथ्वीको मानवीय भूमध्यरेखा भनेर हिमालयलाई चिनिन्छ । अफ्रिकालाई एड्सको महादेश भन्ने गरिन्छ । बेल्जियमलाई युरोपको कारखाना भनिन्छ । बेलायतलाई स्पिकर कर्नर भनेर चिनिन्छ । दक्षिणको ब्रिटेन भनेर न्युजील्याण्डलाई चिनिन्छ । पोप र अमर शहीदको शहर उपनाम पाउने शहर इटालीको रोम हो। सात पहाडको शहर भनेर रोमलाई चिनिन्छ। सुनौलो प्यागोडाको भूमि भनेर बर्मालाई चिनिन्छ ।सेतो शहर उपनाम पाउने शहर बेलग्रड हो। भारतको आइटी बगैचा बैंङ्लोर हो । एसियाको विरामी देश भनेर फिलिपिन्सलाई चिनिन्छ।

युरोपको विरामी देश भनेर टर्कीलाई चिनिन्छ। लडाकुहरुको देश भनेर नेपाललाई चिनिन्छ। संविधानमा नेताको नाम उल्लेख गर्ने देश चीन हो। चट्टानको शहर अर्गाडिन हो। बहराइनलाई हिराको टापु भनिन्छ। दामोधर नदीलाई बङ्गालको शोक भन्ने गरिन्छ। दरबारको शहर भनेर भारतको कोलकत्तालाई चिनिन्छ ।तिब्बतको ल्हासालाई बिर्सिएको शहर भनेर चिनिन्छ। इन्द्रेणीको देश भनेर दक्षिण अफ्रिका चिनिन्छ। अष्ट्रेलियालाई भाग्यमानी देश भनिन्छ। अल्वानीयालाई गरुडको देश भनिन्छ। नहरहरुको भूमि नेदरल्याण्ड हो। अफ्रिकाको मुटु भनेर बुरुन्डीलाई चिनिन्छ। कंगारुको भूमि भनेर अष्ट्रेलियालाई चिनिन्छ । बिहारको दुख भनेर कोशी नदीलाई बुझिन्छ ।

केकको देश भनेर स्कटल्याण्डलाई चिनिन्छ । पूर्वको भेनिस भनेर भारतको कोचिनलाई बुझिन्छ। गैंडा नपाइने देश श्रीलङ्का हो। फिल्म हल नभएको देश साउदी अरब हो। झण्डामा देशको नक्शा भएको राष्ट्र साइप्रस हो। महिलालाई स्कुल शिक्षा नदिने देश साउदी अरब हो। कागजी नोट मात्र भएको देश लाओस हो । केन्द्रीय बैंक नभएको देश पनामा हो। टेलिफोन गर्दा पैशा नलाग्ने देश कुबेत हो। प्रतिशतमा बढि महिला सैनिक भएको देश इजरायल हो। सङ्ख्यामा बढि महिला सैनिक भएको देश अमेरिका हो