May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

एकदिवसीय सिरिजको पहिलो खेलमा अस्ट्रेलियाको सानदार जित

तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमाअस्ट्रेलियाले सानदरा जित हात पारेको छ । शुक्रबार भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले न्युजिल्यान्डमाथि ७१ रनको सानदर जित निकाल्दै सिरिजमा १–०को अग्रता लियो ।

पहिलो ब्याटिङ गर्दै अस्ट्रेलिया दिएको २५९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभरमा १८७ रनमै अलआउट भयो । उसका लागि मार्टिन गुप्टिलले ४० र टम लाथमले ३८, कोलिन डे ग्रान्डहोमले २५ र कप्तान केन विलियमसनले १९ रनको योदान दिए। अस्ट्रेलियाका पट कुम्मिन्स र मिचेल मार्सले समान ३–३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धातिर ५० ओभरमा सात विकेटको क्षतिमा २५८ रन बनाएको थियो। अस्ट्रेलियाका डेभिड वार्नरले ६७ र कप्तान आरोन फिन्चले ६० रन बनाए। मार्नस लाबुसेनले ५६ रनको योगदान दिए । बलिङतर्फ इस सोधीले तीन विकेट लिए।

Advertisement