May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

एम्बाप्पेले गराए कोरोना परीक्षण ,रिपोर्ट नेगेटिभ

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का युवा स्ट्राइक केलियन एम्बाप्पेमा कोरोना भाइरसको आशंका गरिएको छ । पछिल्लो दुई दिन रुघाखोजी र ज्वरोबाट पीडित भएपछि एम्बाप्पेलाई कोरोनाको आशंका गरिएको थियो ।

Advertisement

त्यहीकारण एम्बाप्पेको कोरोना परिक्षण समेत गरिएको थियो । आफ्नो सुपरस्टार एम्बाप्पेको कोरोनाको रिपोर्ट नेगेटिभ आएको पिएसजीले जनाएको छ । कोरोना परीक्षण गरिएको उनी पहिलो हाइप्रोफाइल फुटबल भएको बताइएको छ ।

रुघाखोजी र ज्वरोकै कारण एम्बाप्पेले प्रशिक्षण समेत गरेनन् । पिएसजीले आज राति नै च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा घरेलु मैदानमा जर्मन क्लब बोरुसिया टर्डमन्डको सामाना गर्दै छ । उनले डर्टमन्डविरुद्ध खेल्न सक्छन् वा सक्दैनन् केही खुलाइएको छैन ।

कोरोना विश्वव्यापी रुपमा फैलिएपछि युरोपियन फुटबल एसोसिएनसले च्याम्पियन्स लिग र युरोपा लिगाका सबै खेल बन्द रंगशालामा खेलाउने निर्णय गरेको छ । सोहीकारण पिएसजी र टर्डमन्डबीचको खेल पनि दर्शक विनै खेलाइने छ ।