May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

ब्राजिलियन सुपरस्टार नेमारले उत्कृष्ट प्रदर्शन गरेपछि अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया टर्डमन्डलाई २–०ले पराजित गर्दै फ्रेन्च क्लब पिएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । पहिलो लेगमा २–१ले पछि परेको अवस्था उल्टाउँदै पिएसजीले २–०को पुनरागमन जितका साथ समग्रमा ३–२ को जित निकाल्यो ।

Advertisement

बुधबार राति घरेलु मैदानमा पिएसजीलाई जित दिलाउने क्रममा नेमार र युलियन ब्रान्टले गोल गरे । खेल कोरोना भाइरसका कारण बन्द रंगशालामा खेलाइएको थियो । पिएसजीले पहिलो लेग हारेर पनि नकआउट चरणमा जित निकालेको यो पहिलो पटक हो ।

खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएको पिएएसजीले २८औं मिनेटमा अग्रता लियो । एन्जेल डि मारियाको कर्नरमा डिबक्समा अनमार्क रहेका नेमारले हेडिङमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै इन्जुरी सयमा ब्रान्टले साबरियाको पासमा गोल गरेपछि पिएसजीले पहिलो हाफमै २–०को अग्रता लियो ।

दोस्रो हाफमा भने कुनै गोल हुने नसक्दा खेल पिएसजीले २–०ले जित्यो । डर्टमन्डले खेलको अन्त्य १० खेलाडीमा रहेर गरेको थियो । उसका एम्रे क्यान ८९ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिउका थिए । पीएसजी छैटौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको हो ।