May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

कतारको लागि श्रम स्वीकृति बन्द

काठमाडौं । कतारले नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको छ।

दैनिक उडान गरिरहेको नेपाल एयरलाइन्सले भने कतार उडान जारी राखेको छ।नेपाल एयरलाइन्सले कतारबाट आउने यात्रु धेरै भएको र ल्याउनकै लागि भए पनि उडान जारी राख्ने जानकारी गराएको छ। त्यस्तै कतार एयरवेजले पनि उडान जारी राखेको छ। उसले ट्रान्जिटका यात्रु लिने र उताबाट आउने यात्रुबाट उडान रोक्नुपर्ने अवस्था नआएको जानकारी दिएको छ।यस्तै फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।त्यसअनुसार करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान छ ।

Advertisement