May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

बार्सिलोनाको कठीन जित

ला लिगामा बार्सिलोनाले कठीन जित हात पारेको छ । शनिबार राति भएको खेलमा कप्तान लियोनल मेसीको निर्णायक गोल मद्दतमा बार्सिलोनाले रियल सोसिडाडविरुद्ध १–०को जित निकाल्यो ।यो जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । २७ खेल बार्सिलोनाको ५८ अंक छ । एक खेल कम खेलेको रियल मड्रिडको ५६ अंक छ । ४७ अंक जोडेको एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।

घरेलु मैदान क्याम्प नेउमा सोसिडाडविरुद्ध बार्सिलोनालाई जित दिलाउने क्रममा मेसीले ८१औं मिनेटमा निर्णायक गोल गरे । सोडिसाडडका डिफेन्डरले डिबक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका थिए ।खेलमा बार्सिलोनाले थप दुई गोल पनि गरेको थियो । तर, भारमार्फत दुवै गोल रद्द भएको थियो । पहिलो हाफमा मार्टिन ब्रेथवेट र दोस्रो हाफको अन्तिम मिनेटमा जोर्डी अल्वाको गोल रद्द भएको थियो ।शनिबार राति नै भएको खेलेमा एट्लेटिको मड्रिड र सेभियाले २–२ को बराबरी खेले । यस्तै गेटाफे र सेल्टाभिगोले पनि गोलरहित बराबरी खेले ।

Advertisement