May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

‘गेट वेल सुन पीएम’

काठमाडौं- अनेरास्वियू केन्द्रीय सदस्यहरुले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको परिसरमा पुगेर ‘गेट वेल सुन पीएम’ भन्ने नारा लगाएका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि अस्पता भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्वियू केन्द्रीय कमिटी त्रिवि अस्पताल पुगेको हो साथै ओलीको स्वास्थ्य लाभको कामना गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल नेकपा महासचिव विष्णु पौडेल, नेता आनन्द पोखरेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायत त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

Advertisement