कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकु अस्पताल भर्ना गरिएका सबैको रिपोर्ट नेगेटिभ

काठमाडौं। कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि संक्रमण भएको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका पाँचजना बिरामीको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछी उनिहरु लाई त्यहाँ भर्ना गरिएको हो भर्ना हुनेमा ४ जना नेपाली र १ चिनियाँ नागरिक रहेको बताइेको छ। जनस्वास्थ्य प्रयोगशाला स्रोत का अनुसार अहिलेसम्म नेपालमा १ जनामा मात्र कोरोनाभाइरस संक्रमण देखिएकोमा उनी ठिक भएर घर फर्किसकेका छन् । अहिलेसम्म झण्डै २ दर्जन आइसोलेसनमा भर्ना भएको भए पनि अन्य कसैलाई पनि कोरोनाभाइर संक्रमण नभएको बताइएको छ।

Advertisement