May 1, 2024, Wednesday
१९ बैशाख २०८१, बुधबार

नेपालको नयाँ नक्सा बन्ने

काठमाडौं ।भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुदुरपश्चिम क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपालको भूभाग समेटेर नक्सा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन। शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा उनले भनिन नक्सा निर्माणका लागि मन्त्रालयका सचिवको नेतृत्वमा समिति बनाएको बताउँदै उक्त समितिमा गृह, परराष्ट्र, संघीय मामिला, रक्षा मन्त्रालयका प्रतिनिधि रहेको बताइन् । नापी विभागको प्राविधिक टोलीले नक्सा बनाउने काम अन्तिम चरणमा पुर्याएको बाटएकी छिन। उनले भनिन सगरमाथा को उचाइको नाप्ने काम ९० प्रतिशत सकिएको र छिट्टै उचाई सार्वजनिक गर्ने छौ ।

Advertisement