माथिल्लो तामाकोशी हाइड्रोपावर निर्माणस्थलको निरीक्षण गर्न, दोलखा पुगे कुलमान घिसिङ

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्त रुपमा निर्माण सम्पन्न हुने कार्यतालिकाबारेमा छलफल गरेका छन्। उनले आयोजनामा सन्तोषजनक प्रगति नभएको भन्द्यै गति बढाउन र तोकिएको सयमै काम सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् भने ठेकेदार कम्पनीहरुले आफ्नो तालिकाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।

निर्देशक घिसिङले आगामी असार भित्र कम्तिमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए उनले भने निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतको गम्भीर चासो छ, त्यसैले जुनसुकै अवस्थामा पनि चालु आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले आफूले जनाएका प्रतिबद्धताअनुसारका समय तालिकामा रहेर काम गर्नुहोला आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न हामी संधै तयार छौं’, घिसिङले भने। उनले लट २ को ठकेदारले पनि विगतमाभन्दा काममा केही सुधार गरेको देखिएको बताए।

Advertisement