May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

दिल्ली हिंसामा मृत्‍यु हुनेको संख्या २० पुग्यो

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी नागरिकता संशोधन ऐनको विषयलाई लिएर भएको हिंसात्मक झडपका क्रममा मृत्यु हुनेको संख्या २० पुगेको छ भने १८९ जना घाइते छन् ।मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानुन राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ।नयाँ कानुन अनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दु, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ। उक्त ब्यबस्था को पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुबीच हिंसात्मक झडप शुरु भएको थियो। यो हिंसाले सोमबार र मङ्गलबार निकै डरलाग्दो रुप लिएको थियो।नयाँदिल्लीको सर्वाधिक प्रभाव परेको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ।

Advertisement