May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धित

काठमाडौं। डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रिओट्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल)का लागि तीन पाकिस्तानी खेलाडी अनुबन्धन गरेको छ ।

Advertisement

ललितपुरले सोमबार एक विज्ञप्ति जारी गर्दै नयाँ सिजनक लागि अलराउन्डर द्वय हसन खान, हमाद अजम र बलर मिर हम्जालाई अनुबन्धन गरेको जनाएको छ । ललितपुरले सोमबार प्रेस विज्ञप्ति निकाल्दै ईपीएलका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको जनाएको छ ।

अघिल्लो सिजिन ललितपुरलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका जयकिशन कोल्सावाला, सनी पेटल र गौरब तोमार भने यसपटक इपिएल खेल्न पाएनन् । यसपटकबाट नेपालका अन्य फ्रेन्चाइट लिग खेलेका विदेशी खेलाडीले इपिएल खेल्न नपाउने नयाँ नियम बनाएपछि उनी ललितपुरबाट बाहिरिएका हुन् ।

हसनले सन् २०१८मा यूू–१९ विश्वकपमा पाकिस्तानी टिमको कप्तानी गरेका थिए । साथै उनीसँग पाकिस्तान सुपर लिग र ग्लोबल टि–२० लिग क्यानडा खेलेको पनि अनुभव छ । हमाद अजाम घरेलु प्रतियोगिताबाट उदाएका खेलाडी हुन् । उनी अघिल्लो वर्ष भएको पाकिस्तान कपका उत्कृष्ट अलराउन्डर हुन् ।

यसैगरी बलर मिरसँग इंग्ल्यान्डको काउन्टी क्रिकेट खेलेको अनुभव छ । उनले सक्सेसबाट काउन्टी क्रिकेट खेलेका थिए । ललितपुरले यसअघि नै श्रीलंकाका भेट्रान ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्धन गरिसकेको छ ।

कीर्तिपुरस्थित टियू मैदामानमा चैत १ देखि १५ गतेसम्म आयोजना चौथो संस्करणको इपिएलमा ललितपुरको कप्तानी राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले गर्ने छन् । टिममा ललितनारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, रसिद खान, कुशल भुर्तेल, योगेन्द्रसिंह कार्की लगायत खेलाडी छन् । ललितपुरको प्रशिक्षकमा पूर्वराष्ट्रिय खेलाडी राजु बस्न्यात छन् ।