May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

भारत आइपुगे ट्रम्प,अहमदावाद विमानस्थलमा मोदीले गरे स्वागत

जेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतकाे दुई दिने भ्रमणका क्रममा अहमदाबाद आइपुगेका छन्। उनलाई अहमदावाद विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका छन् ।ट्रम्पले अहमदावादमा आयोजित ‘नमस्ते ट्रम्प’ समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । ट्रम्पसँग उनकी श्रीमती मेलानिया ट्रम्प, छोरी इवान्का ट्रम्प र ज्वाईं जेरेड कुसनर का साथै बाह्र सदस्य प्रतिनिधिमण्डल पनि ट्रम्पकाे भ्रमणमा सहभागीता रहेको छ। साथै लाखौं भारतीयको उपस्थिती मा ट्रम्पले मोदीसँगै रोड शो गर्नेछन्।अहमदाबादबाट ट्रम्प उत्तर प्रदेशको आग्रा जानेछन् र ताजमहल अवलाेकन गर्ने कार्यक्रम रहेको छ।

Advertisement