May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

राष्ट्रिय खेलकुद परिषद्को निर्देशन तेक्वान्दो संघले नमान्ने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई लत्यौदै नेपाल तेक्वान्दो संघले निर्वाचन सम्पन्न गरेको छ ।

Advertisement

तेक्वान्दोले महाधिवेशन प्रक्रिया अघि बढाएपछि राखेपले असोज १२ गते सुचना जारी अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचन तथा चौथो महाधिवेशन रोक्न निर्देशन दिएको थियो । तर संघले प्रदेशको भैरहवामा शनिबार भएको चौथो अधिवेशनबाट प्रकाश शम्शेर राणा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भयको घोषणा गरेको छ। राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् ।

यता राखेपले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ तथा संघको स्वीकृत विधान विपरित स्वीकृति नलिन कानून विपरित गरेको देख्न आएको भन्दै प्रक्रिया रोक्न भनेको थियो । तर संघले त्यसलाई अटेर गर्दै शनिबार भैरहवामा निर्वाचन तथा महाधिवेशन गरेको हो । स्रोतका अनुसार संघले राखेपका सदस्य सचिबको एकल निर्णयले निर्वाचन रोक्ने प्राबधान नरहेको उल्लेख गर्दै उल्टो पत्रमार्फत जानकारी गरायको छ।

राखेप आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गै संघ लाई स्पटिकरण सोधेको र सबै तयारी भैसके को महाधिबेसनको पूर्व सन्धामा आएर महधिबेसन प्रभाबित पार्न खोज्नु सदस्य सचिब संघ प्रती पुर्बाग्रहि भयको  भन्दै प्रधानमन्त्री कार्यालय लाई पत्र मार्फत जानकारी गरायको छ।