May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

जननिर्वाचित सरकारलाई असहयोग, घेराबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन: प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

Advertisement

प्रतिनिधिसभा विघटन र उत्पन्न परिस्थिति तथा भावी दिशाका बारेमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावका नाममा आफ्नो चरित्र हत्या गर्न ‘अभियोगपत्र’ पार्टी बैठकमा लगिएको प्रष्ट्याए ।

प्रधानमन्त्री ओलीले सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको बताएका छन्।देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ला भन्ने कसैले नसोचेको भए पनि वाध्य भयर त्यस दिशामा जानुपरेको उनले बतायका छन।

‘जननिर्वाचित सरकारलाई असहयोग, घेराबन्दी गरेपछि सार्वभौम जनतासमक्ष जानुको विकल्प रहेन’, प्रधानमन्त्री ओलीले भने।सरकारले आफ्नो पूर्ण भूमि समेटर नयाँ नक्सा जारी गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँदै अघि बढाएको तथा चीनसँग पारबहन सुविधा विस्तार गरिएकोमा उल्टो अविश्वास प्रस्ताव ल्याएर सरकारलाई अपदस्त गर्न खोजिएको उनले बताए ।‘संसद् विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरिततका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, ओलीले भने ।