May 15, 2024, Wednesday
२ जेष्ठ २०८१, बुधबार

ललिता निवास जग्गा प्रकरण:गच्छदारलाई मुद्दा , भातृसंस्थामार्फत् संघर्ष गर्ने कांग्रेसको निर्णय

२३ माघ, काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका थिय । उक्त बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको थियो। राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।कांग्रेसले भातृसंस्था र पार्टी परिचालन गर्ने रणनीति तय गर्न भातृसंस्थाका पदाधिकारीको बैठक समेत दिउँसो ३ बजे बोलाइएको छ। उक्त बैठकले यससम्बन्धी रणनीति तय गर्ने बताइएको छ।

Advertisement