May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

आज संक्रमणबाट ८ जनाको मृत्यु पुष्टि

भाद्र ३१ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ८ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको जनाएको छ ।

प्राय: आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । योसँगै कुल मृतकको संख्या ३ सय ७९ पुगेको छ । जसमध्ये २ सय ७१ पुरुष र एक सय ८ महिला छन् । नेपालमा संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६५ रहेको उल्लेख छ ।

Advertisement