May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

भोलीदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खुल्ने

भदौ ३१ । भोली अर्थात असोज १ गतेदेखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले असोज १ देखि होटल, रेष्टुरेन्ट तथा ट्राभल एजेन्सीहरु खोल्न पाइने निर्णय भएको जानकारी दिएका हुन् ।

कोरोनाको सुरक्षा सम्वन्धी मापदण्ड पालना गरी यी व्यवसाय सञ्चालन गर्नुपर्ने उल्लेख छ । ग्राहकले भौतिक दूरी कायम गर्न सक्नेगरी होटल रेष्टुरेन्टमा भौतिक संरचना व्यवस्थापन गर्नुपर्नेछ । सुरक्षाका उपाय अवलम्वन भए नभएकोबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नियमन गर्ने व्यवस्था गरिएको छ ।

Advertisement