May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

उपप्रधानमन्त्री राजेन्द्र महतोको नागरिकता दिन मानेन निर्वाचन आयोगले

निर्वाचन आयोगले नागरिकतासम्बन्धी विवरण दिन नमानेपछि सिंहदरबारको दक्षिणी गेटैमा“नयाँ पार्टी”ले उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोका नाममा सूचना टाँसेको छ ।

Advertisement

महतोले नेपाली नागरिक भएको प्रमाण दिन नसकेको कारण देखाएर उनलाई सिंहदरबार प्रवेश निषेधको सूचना टाँस गरिएको हो । सो पार्टीले मन्त्री महतो सुडीलाई एक साताभित्र आफू नेपाली नागरिक भएको प्रमाण सार्वजनिक गर्न माग गरेकोमा त्यसो नगरिएपछि यस्तो सूचना टाँसेको जनाएको छ ।

पार्टीले निर्वाचन आयोगमा पुगेर महतोले २०५६ सालमा सर्लाही २ बाट,२०७० सालमा सर्लाही ४ बाट र २०७४ सालमा धनुषा ३ नम्बर क्षेत्रबाट उम्मेदवारी दिँदा पेश गरेको नागरिकताको कपी माग गरेको थियो तर आयोगका सचिव सुरेश अधिकारीले माथिको आदेशले दिन नमिल्ने र आफू अप्ठ्यारोमा पर्ने भन्दै छायाँ कपी दिन इन्कार गरेको सो पार्टीले जनाएको छ । ०६८ साल फाल्गुन १ र २९ गते गृह र अख्तियारले छानबिनका लागि सर्लाही जिल्ला प्रशासनमा पत्र पठाएका थिए ।

जिप्रकाले ०६२ चैत्र २३ मा जिप्रकामा आगलागी हुँदा प्रमाण नष्ट भएको झुट्टा बेहोरा लेखी पठाएको थियो । सो पार्टीले विदेशी नागरिकलाई सरकारको मन्त्री बनाइएका कारण अब सिंहदरबार प्रवेश निषेध गर्नेदेखि देशैभर निषेध र प्रतिकार गर्ने जनाएको छ ।