May 19, 2024, Sunday
६ जेष्ठ २०८१, आईतवार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिएका नरोत्तमलाई पक्राउ गर- एमाले बागमती प्रदेश

नेकपा एमाले बागमती प्रदेशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिएका नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम बैधलाई पक्राउ गरी मुद्दा चलाउन माग गरेका छन् ।

सो प्रदेशका एमाले अध्यक्ष आनन्द पोखरेलले एक विज्ञप्तिमार्फत् बैधलाई तत्काल प्रदेश सभाबाट निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । उहाँले यसमा गम्भीर षड्यत्र लुकेका कारण आयोग बनाइ दोषीहरू पत्ता लगाउनसमेत आग्रह गर्नुभएको छ । ‍’एक शक्तिशाली आयोग बनाई तथ्य सत्या पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।

हत्या जस्तो गम्भीर अपराधको वकालत गर्ने सबैलाई कानुनको दायरामा ल्याउन अनुरोध पनि गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । शुक्रबार बैधले प्रदेश सभाको बैठकको रोष्टममा ऊभिएर माहात्मा गान्धीलाई नथुराम गोड्सले मारेझैं केपी शर्मा ओलीलाई मार्नुपर्छ र मार्छु भन्दै दिएको अभिव्यक्ति निकै विवादित बनेको थियो । अध्यक्ष पोखरेलले ओलीविरुद्ध केही दलका नेता तथा कार्यकर्ताहरूले भौतिकरुपमा सफ़ाइ गर्न सक्ने सुचना आफूहरूलाई प्राप्त भएको समेत बताउनुभएको छ। यसबारे आफूहरूले सुक्ष्म अध्ययन समेत गरिरहेको उहाँले खुलासा गर्नुभएको छ ।

Advertisement